धनगढी : धनगढीको दिनेश एफएम र दिनेश खबर डटकम की समाचार संयोजक आर्जु हमाल माथि समाचार संकलनका क्रममा नेपाल प्रहरीका अधिकृतहरुले गरेको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघले निन्दा गरेको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्ला शाखाले छट्टुाछट्टुै विज्ञप्ती प्रकाशित गर्दै दुर्व्यवहार गर्ने प्रहरी अधिकृतमाथि छानविन गरि कारवाहीको माग गरेको छ ।
पत्रकार हमालले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा नवनिर्मित सिटिहलको उद्घाटन समारोहको समाचार संकलन गर्ने क्रममा नेपाल प्रहरीका जिम्मेवार प्रहरी अधिकृतहरुले आफुमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ, राष्ट्रिय मानवअधिकार आयोग, ईन्सेक, महिला आयोग लगायतका निकायमा उजुरी हालेकि छिन ।
‘पत्रकारले स्वतन्त्रपूर्वक समाचार संकलन गर्न पाउने हक विपरित सुरक्षाकर्मीहरुको यस्तो ब्यवहार निन्दनीय र दुःखद रहेको महासंघ सुदूरपश्चिम प्रदेश समितिको ठहर छ । त्यसैले पत्रकार हमाल माथि दुब्र्यवहार गर्ने प्रहरी अधिकृत माथि छानविन गरि कानूनी कारवाहीका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं’ महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।