Skip to main content

स्वरोजगार मेलाको प्रदेश प्रमुख मियाँद्वारा अवलोकन

Submitted by editor on
ईबिगुल संवाददाता
प्रदेश प्रमुख  नजिर मियाँ

धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख  नजिर मियाँले धनगढीमा जारी सीप तथा स्वरोजगार मेलाको अवलोकन गरेका छन्।

प्रदेश प्रमुख मियाँले सबै स्टलमा पुगेर सिप सिक्दै गरेकाहरूसँग चुनौती र त्यसपछिको अवसरबारे पनि छलफल गरेका थिए। अनुभव साटासाट गर्दै प्रदेश प्रमुखले सबैलाई सीपलाई सदुपयोग गर्न र स्वरोजगार बन्न सुझाव दिएका थिए। रोजगार मेलामा सीप सिकेकालाई सिकेको सीप प्रयोगका लागि प्रेरित गर्न आयोजक धनगढी उपमहानगरपालिकालाई आग्रह गरेका थिए। प्रदेश प्रमुख ज्यूले मेला फलदायी रहेको बताएका थिए।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले प्रदेश प्रमुखलाई मेला अवलोकन गराएकी थिइन्। एक महिनासम्म सञ्चालन हुने स्वरोजगार मेलामा एक हजार ४० जनाले सीप सिकिरहेका छन्। २९ विधामा सीप सिकाइको काम भइरहेको उपप्रमुख बताइन्। सिप सिकिरहेकाहरू मध्ये अधिकांशको रोजगारीको व्यवस्था भइरहेको भन्दै उपप्रमुख रानाले प्रत्येक वर्ष उपमहानगरपालिकाले यस्तो रोजगार मेलाको आयोजना गर्ने बताइन्।