दार्चुलाः दार्चुलामा भन्सार छलीको ६ पेटी बिडी बरामद गरिएको छ।
लेकम गाउँपालिका–१ स्थित चौलानी नदीको किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ८० हजार मूल्य बराबरको ६ पेटी बिडी इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।