Skip to main content

खैरो हेरोइनसहित कञ्चनपुरमा एक युवक पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–६ नेपाल भारत सिमा इलाकाको बैशाखा स्थित छोटी भन्सार कार्यालयको चेक प्वाईन्टमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा सोही नगरपालिकाको हात्तीबोझा बस्ने २३ वर्षीय रोहीत पन्त खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

पन्तलाई ५३ दशमलव ९८ ग्राम लागूऔषध खैरो हेरोइनसहित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरीबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाएको छ।