Skip to main content

भन्सार छलीका सामान कैलाली र कञ्चनपुरबाट बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
भन्सार छली

धनगढीः कैलाली कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका र ३ मिलनचोक र धनगढी उपमहानगरपालिका–९ त्रीवेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७८ हजार ५७० बराबरका सामान बरामद गरिएको छ। भन्सार छलीको प्याज, चिनी, सरप, बिडी, सुर्ति, चक्लेट, झोला, माला, सिरबिन्दी, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला, बेलौरी नगरपालिका–१ मटैया र फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ३८ हजार ५५० बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ। कञ्चनपुरबाट भन्सार छलीका बिभिन्न किसिमका कपडा, माछा, बोईलर कुखुरा, कस्मेटिक लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।