Skip to main content

लागूऔषधसहित कञ्चनपुरमा ६ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा ६ जना लागूऔषधसहित पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–११ सात नम्बर पिल्लर नजिकबाट भीमदत्त नगरपालिका–८ बस्ने २४ वर्षीय तेजबहादुर विक र सोही ठाउँ बस्ने २७ वर्षीय हरेन्द्र सिंह बडाल पक्राउ परेका छन्।

विकले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००३ प ७१५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा २ दशमलव ७१ ग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार हरेन्द्रलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको छ।

यस्तै भीमदत्त नगरपालिका–११ सात नम्बर पिल्लर नजिक भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा सोही नगरपालिका(५ सुकासाल बस्ने २६ वर्षीय अमित पन्तले चलाएको चलाएको यु।के। ०६ बि।डी। ८३८९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १ दशमलव ७९ ग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २१ वर्षीय करन पन्तलाई लागूऔषधसहित पक्राउ गरिएको छ।


दुवै जनालाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट सोही नगरपालिका १८ २० वर्षीय आयुस पालले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००३ प ७४२७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा शुन्य दशमलव ९१ ग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही नगरपालिका ६ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका छन्।

दुवै जनालाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।