Skip to main content

लागूऔषधसहित कैलालीमा सात जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित सात जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ व्यारेल नजिकबाट २७० मिलिग्राम लागुऔषधसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने २९ वर्षीय मनोज राना र २९ वर्षकै सोहन राना शनिवार पक्राउ परेका छन्। यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट १ ग्राम ८८० मिलिग्राम लागुऔषधसहित कैलाली गोदावरी नगरपालिका–१० बस्ने २३ वर्षीय महेश बोगटी र ६७० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय अमिश सार्की पक्राउ परेका छन्।

उता जानकी गाउँपालिका–३ स्थित सडक खण्डमा सोही ठाउ बस्ने २७ वर्षीय भुवन कठरिया र २२ वर्षीय राकेश डगौरा थारु पक्राउ परेका छन्। कठरियाको साथबाट ९० मिलिग्राम लागुऔषध फेला पारी दुबैजनालाई इलाका प्रहरी कर्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै गौरीगंगा नगरपालिका–३ कुचैनीबाट ३१० मिलिग्राम लागुऔषधसहित सोही ठाउ बस्ने एक जना किशोरलाई इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।