कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका–बुटाबारीबाट भारत बाट नेपाल तर्फ आउदै गरेको भारत उत्तर प्रदेश पिलिभित जिल्ला नवदिया दुर्जनपुर बस्ने ३९ वर्षीय कुलदिप सिंहले चलाएको युपि २६ ए डब्ल ३१८६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाईकलको पछाडी सवार सोही ठाउ बस्ने ६० वर्षीय बेचनलाल पाशमान पक्राउ परेका हुन्।
उनिहरुको साथबाट १६.३४ ग्राम लागुऔषध अफिम जस्तो देखिने कालो पदार्थ सहित दुबै जनालाइ इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।