धनगढीः कैलालीको धनगढीमा रागोँले हानेर एक किशोरीलाई गम्भीर घाइते बनाएको छ।
धनगढी उपमहानगरपालिका–१७ को पथरी बस्ने १५ वर्षीया ज्वती चौधरी घरमा पालेको रागोँले हानेर गम्भीर घाइते भएकी हुन। घाइते किशोरीको निसर्ग हस्पिटलको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।