घोडाघोडी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का पूर्व वडाध्यक्ष कृष्णबहादुर शाहले आत्महत्या गरेका छन् । बिहीबार दिउँसो विष सेवन गरी गम्भीर अवस्थामा भेटिएका उनको घोडाघोडी अस्पतालमा निधन भएको हो ।
दिउँसो १ बजे घोडाघोडी नगरपालिका ९ को सिमली खोला नजिकै विष सेवन गरेको अवस्थामा शाह फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले जानकारी दिए ।
शाह घरबाट हराएको भनी इलाका प्रहरी कार्यालय सुखडलाई जानकारी आएपछि प्रहरी निरीक्षक साउँदको टोली खोजी कार्यका लागि शाहको घरमा पुगेको थियो ।
घरमा काम छ भनेर निस्केका शाहलाई गाउँलेले जङ्गल तिर गएको प्रहरीलाई जनाएपछि प्रहरीले सिमली जङ्गलमा शाहलाई बेहोस अवस्थामा फेला पारेको जनाइएको छ । शाह भेटिएको नजिकै विष सेवनको बोतल समेत फेला परेको प्रहरी निरीक्षक साउँदले जानकारी दिए ।
२०७४ सालको स्थानीय चुनावमा नेकपा ९एमाले०बाट शाहले वडाध्यक्षमा विजयी भएका थिए । उनी एमाले घोडाघोडी नगर कमिटी उपाध्यक्ष समेत हुनु ।