Skip to main content

कैलालीमा मोटरसाईकल दुर्घटना, उपचारका क्रममा चालकको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
मृत्यु

धनगढी : कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका ७ को रतनपुरमा ५३ वर्षीय अग्रेजबहादुर कुश्मीले  चलाएको से ७ प ७२७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते चौधरीको  नवजीवन अस्पतालमा उपचार भइरहेको थियो । नवजीवनले उनलाई सेवा नर्सिङ होम नेपालगन्ज रेफर गरेको थियो ।

चौधरीको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।