Skip to main content

डडेल्धुरामा आगलागीबाट ५ लाख १७ हजार बराबरको धनमाल जलेर नष्ट

Submitted by editor on
ईबिगुल संवाददाता
आगलागी

डडेल्धुराः डडेल्धुरामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ।

परशुराम नगरपालिका(१० दुम्सीजला बस्ने लक्ष्मण बुढाको घरमा बिद्युत सर्ट भई आगलागी आज बिहान ३ः५० बजे आगलागी भएको हो। आगलागी हुँदा घर र घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा, काठ लगायतका सामान गरी अन्दाजी मुल्य ५ लाख १७  हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।