Skip to main content

३ लाख मूल्य बराबरका भन्सार छलीका सामान धनगढीबाट बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
भन्सार छली

धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ मिलन चोक र धनगढी–३ मसानटोलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ३ लाख ८४हजार मूल्य  बराबरको  भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।

उक्त्त मूल्य  बराबरको सुर्ति, सुटपिस, थान कपडा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्तीटोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।