धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीमा राष्ट्रिय स्तरको उसु डिप्लोमा कोर्ष सम्पन्न भएको छ । ‘रेड बेल्ट’ पछिका सिनियर खेलाडीहरुलाई प्रशिक्षकको रुपमा उत्पादन गर्न डिप्लोमा कोर्षको आयोजना गरिएको नेपाल उसु संघ सुदूरपश्चिम प्रदेशका निमित्त अध्यक्ष तथा कार्यक्रमका संयोजक राजीव गुप्ताले बताए ।
राष्ट्रियस्तरको उक्त कोर्षमा बाग्मती, कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका सिनियर खेलाडीहरुको सहभागिता रहेको थियो । कोर्षमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सिनियर खेलाडीहरुको पनि सभागिता रहेको थियो । डिप्लोमा कार्षमा ५७ जना र रेफ्रि कोर्षका ४२ जनाको सहभागिता रहेको थियो ।
बैशाख ७ गते देखि १३ गतेसम्म सञ्चालन गरिएको राष्ट्रियस्तरको कोर्षमा सान्दा तर्फ राष्ट्रिय रेफ्रि जुनी राई, थाउलो तर्फ राष्ट्रय रेफ्रि दिपेश तिरुवा, र डिप्लोमा कार्या तर्फ जोन तामाङ उत्कृष्ट भएका छन । तालिममा अन्तराष्ट्रिय रेफ्रिहरु रतन खाती, मञ्जुर महर्जन, गोविन्द शाही, राजेन्द्र बुढाथोकी, अन्तराष्ट्रिय कोच निकेश श्रेष्ठ र साउथ एशीयन रेफ्रि प्रकाश शाहीले प्रशिक्षण दिएका थिए ।
७ दिने डिप्लोमा कोर्षको समापन सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले गरिन । निमित्त प्रदेश अध्यक्ष राजीव गुप्ताको अध्यक्षतामा भएको समापन समारोहमा राज्यमन्त्री खडकाले खेलले देश चिनाउने भएकाले मन्त्रालय खेल क्षेत्रको विकासमा प्रतिवद्ध रहेको बताईन । उनले खेल क्षेत्रलाई मन्त्रालयले प्रार्थमिकतामा राखेको बताईन ।
कार्यक्रममा नेपाल उसु महासंघका अध्यक्ष बीर बहादुर तामाङ, महासचिव लाक्पा लामा सहितका पदाधिकारहरुको पनि उपस्थिति रहेको थियो । यो तालिम लिएका प्रशिक्षकहरुलाई क्वान सञ्चालनको अधिकार हुने गर्दछ ।