धनगढी : आफ्नै भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा कैलालीमा एक युवक पक्राउ परेका छन् ।
घोडाघोडी नगरपालिका २ को साडेपानीमा २७ वर्षीया भाउजुमाथि जबरजस्तीकरणी गर्न खोज्ने २२ वर्षमा देवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले इलाका प्रहरी कार्यालय सुखडको टोलीले ती युवकलाई पक्राउ गरेको जानकारी दिए ।युवकले घरमै ढोका थुनेर भाउजुमाथि बलात्कार प्रयास गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।