धनगढी : नेकपा माओवादी केन्द्रका उप–महासचिव तथा सुदूरपश्चिम ईञ्चार्ज गिरिराजमणी पोखरेलले तराईका जनताको जीवन कस्टर रहेको बताएका छान । पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जनजागरण अभियान समापन पछि शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उप–महासचिव पोखरेलले यस्तो बताएका हुन ।
‘हुलाकी राजमार्ग आसपासको क्षेत्रका जनताको जीवन पनि कस्टकर छ । उनीहरुको बीचमा पनि न्यूनतम कुराहरु पनि पुगेका छैनन । तराई भएर पनि परिवर्तन पुगेका रहेनछ भन्ने अनुभूती भयो’ उनले भने । ‘जनतामा दलहरु, सरकार र नेताहरुप्रति निरासा देखिएको छ ।’
तराईका जनताले चुनावका बेला मात्रै नेताहरु गाउँ आउने गरेको, आफुहरुलाई भोटबैंकका रुपमा मात्र प्रयोग गरेको, जितेपछि खुसी साँटन पनि नआएको, चुनावका बेला गरिएका बाचा÷प्रतिवद्धता पुरा नभएको जस्ता गुनासा आएको उनले बताए ।
‘संघीयता आयो, गणतन्त्र मा देश गयो तर तराईकै जनताले पनि त्यसको अनुभूती गर्न पाएका रहेनछन जस्तो लाग्यो । धेरै गाउँका धेरै ज्ञापनपत्रहरु आएका छन । समस्याहरु प्रसस्तै आएका छन । पार्टीले ती सबै ज्ञापन र उनीहरुका गुनासा विष्लेशण गरेर कुनै ठोस कार्यक्रम तय गर्छ’ उनले भने ।
फागुनको १२ गते झापाको कचनाकलनबाट सुरु गरिएको जनतासँग माओवादी, तराई मधेस जनजागरण अभियान बैशाख १५ गते कञ्चनपुरको महेन्द्रनगरमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले समापन गरेका थिए ।
६४ दिनको जनजागरण अभियानमा पार्टीका नेताहरु होटलमा बास नबसको, सहित बेपत्ता परिवारको घरमा बसेको, जनताका घरमा बसेको उनले बताए । अभियानको मुख्य सिकाई भनेको पार्टीहरुले आत्मआलोचना गर्दै रुपान्तरणको विकल्प नरहेको निष्कर्षमा पुगेको उनको भनाई थियो ।