धनगढी : आफ्नो वार्षिकोत्सवको अवसरमा धनगढीको मायामेट्रो हस्पिटलले नाक कान र घाँटीको निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ । अस्पतालका जनसम्पर्क अधिकारी जगत महताले दिएको जानकारी अनुसार भदौको ५ गते देखि शिवरको आयोजना हुन लागेको हो ।
अस्पतालले कानको जाली फेर्न नसकेका ब्यक्तिहरुका लागि कानको जाली पनि निशुल्क फेरिने जनाएको छ । ‘आर्थिक अभावले कानको जाली फेर्न नसेका बिरामीलाई मध्यनजर गर्दै यही भाद्र ५ गतेदेखि १५ गतेसम्म निःशुल्क कानको जालीको अप्रेशन शिविरको आयोजना गर्न लागिएको हो’ महताले भने ।
शिविरमा वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. डिआर कँडेलले १८ वर्ष देखि ५० वर्षसम्मका विरामीको कानको जाली फेरिने बताईएको छ । डाक्टर कँडेलका अनुसार उक्त अप्रेशन बेहोस नगरीकन गरिने तथा जाँच गर्दा कानको जाली पूर्ण रुपमा सुख्खा हुनुपर्ने बताइएको छ ।
अस्पतालले ओपिडी सेवा समेत निःशुल्क गरिने र प्रयोगशाला शुल्कमा २५ प्रतिशत सम्म छुट गरिने जनाएको छ ।