Skip to main content

कैलालीमा ब्राउन सुुगर सहित २ युवक पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढी : कैलालीको टीकापुरबाट ब्राउन सुुगर सहित २ जना युवक पक्राउ परेका छन । प्रहरीले दिएको जानकारी अनुसार टीकापुर नगरपालिका वडा नम्बर १ दक्षिणपुरुवा बनगाउँ जाने सडक खण्डबाट १५० मिलिग्राम ब्राउन सुुगर सहित सोहि ठाउँ बस्ने शिशिर साउद (२३ वर्ष) र शिद्ध बुढा (२४ वर्ष) लाई शुक्रबार साँझतिर पक्राउ गरिएको हो ।


ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा  ब्राउनसुुगर पारेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको छ ।