Skip to main content

लागूऔषधसहित धनगढीका एक युवक पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

 

धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउबाट सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव राना लागूऔषधसहित सोमवार पक्राउ परेका हुन्। रानालाई २५० मिलिग्राम लागूऔषधसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।