धनगढी :कैलालीबाट १७ लाख ४६ हजार अवैध रकमसहित २ जना पक्राउ परेका छन्।
भजनी नगरपालिका–५ गुलरीयाघाट र टीकापुर नगरपालिका–१ उनीहरू अवैध रकमसहित पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीले गुलरीयाघाट भन्सार कार्यालय नजिकबाट भारतको उत्तर प्रदेश, लखिमपुर खिरी जिल्ला, तिकुनियाका ३२ वर्षीय अमन कुमार गर्ग आठ लाख ९६ हजार ६ सय ६० नेपाली रुपैयाँसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, पृथ्वीपुरले मङ्गलवार उनलाई युपी ३२ एचएच ६५५३ नम्बरको भारतीय मोटरसाइकल सवार रहेको बेलामा पक्राउ गरेको हो। प्रहरीले उनलाई अवैध रकम र मोटरसाइकलसहित भन्सार कार्यालय, सत्ती पठाएको छ।
यस्तै, कैलालीको टीकापुर नगरपालिका–१ का १९ वर्षीय अर्मन चौधरी पाँच लाख ३१ हजार चार सय भारतीय रकमसहित पक्राउ परेका छन्। भारतीय रकम लुकाएको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुर, बाँकी पठाइएको छ।