डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चामा चौडमा मंगलवार साँझ जिप दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्।
से १ ज ७३८ नम्बरको जिप सदरमुकामबाट बिजयसैनी यात्रु छोडेर घरतर्फ जाने क्रममा दुर्घटना हुँदा चालक नवदुर्गा– ५ चौडका रामबहादुर साउद र जिपमा सवार नवदुर्गा–५ कणेलीका भरत बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनामा घाइते भएका दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।