Skip to main content

सात महिना सम्म पनी अपडेट भएनन् स्थानीय तहहरुका वेबसाईड

Submitted by editor on
ईबिगुल संवाददाता
नगरपालिकाको वेबसाईड

बैतडी : बैतडी जिल्ला पाटन नगरपालिकाको वेबसाईड सात महिना सम्म पनी अपडेट गरिएको छैन । पालिकाले २०८१ को असोज मसान्त देखी करार थप नगर्ने गरि सामाजिक परिचालक बाट हटाईएका वडा नं ४ की कर्मचारी जन्तरी बिष्टको अझै वईभसाईडमा नाम रहेको छ । 

यस्तै वडा नं ९ टकरेमा वडा सचिव पदमा कार्यरत रामदत्त जोशी लाई २०८१ साल कार्तिक २० गते देखी वडा नं ८ खोड्पे पशु शाखामा पठाएको र उहाँको सट्टामा वडा नं ८ का वडा सचिव सरद प्रसाद भट्ट लाई थप जिम्मेवारी दिइएको थियो तर वडा सचिवको जिम्मेवारी पाएको छ महिना बिति सक्दा पनी भट्टको अझै नामवेबसाईड  राखिएको छैन । पुरानै वडा सचिव रामदत्त जोशीको नाम रहेको छ ।

 अहिलेको युगमा बैज्ञानीक युग र प्रविधिको युगमा पनी पालिकाले दिने सूचना जानकारी र सेवा प्रवाहमा गरिएको कमजोरीले पालिका नै लज्जासपद बन्नपुगेको स्थानीयहरुले गुनासो पोखेका छन् । अन्य वडाहरुका पनी वेबसाईड  अपडेट नगरिदा भौतिक रुपमा सेवा क्षेत्र बाहिर रहेका नागरिकहरु लाई सेवा लिन समस्या भईरहेको छ ।