Skip to main content

धनगढी अत्तरिया सडकमा साईकल लेनको सुरुवात

Submitted by editor on
ईबिगुल संवाददाता
साईकल लेन


धनगढी : धनगढी अत्तरिया ६ लेन सडकमा साईकल लेनको उद्घाटन गरिएको  छ । 

धनगढी उपमहानगरपालिकाले आज साईकल लेनको सुरुवात गरेको हो । 


कैलाली भन्सारदेखि धनगढी विमानस्थल मार्गसम्मको सडकमा उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेको हो। 


धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।