Skip to main content

धनगढीका एक युवकको भारतको लखिमपुर दुधुवा नेश्नल पार्क सडक खण्डमा दुर्घटना हुँदा मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
 दुर्घटना हुँदा मृत्यु

धनगढी: कैलालीको धनगढीका एक युवकको भारतको पलिया जाने क्रमम स्कुटर दुर्घटना हुँदा मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–६ मटियारीका अभिषेक शाहीको भारतको पलिया पलिया जाने क्रमम स्कुटर दुर्घटनामा मृत्यु भएको हो।

भारतको लखिमपुर जिल्लाको दुधुवा नेश्नल पार्क सडक खण्डमा स्कुटर अनियन्त्रित भएर दुघटनदुर्घटना भएको प्रहरीले बताएको छ। उनको साथमा रहेका एक युवक घाइते भएका छन्। उनको घनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।