धनगढी:जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक बाल नरसिहं राणाले जनताले चाहे बमोजिम उत्कृष्ठ काम गर्ने बताएका छन् । कैलाली जिल्लाको नेतृत्व सम्हालेपछि आज पत्रकारहरु सगंको भेटघाटमा प्रहरी उपरिक्षक राणाले सुरुमै बाचा गर्नुभन्दा पनि जनताले चाहे बमोजिम गरेर देखाउने बताएका हुन् । कैलाली जिल्ला प्रदेश राजधानी भएको जिल्ला हो, ‘केही राम्रो काम गर्ने छु र तपाइहरूले मेरा राम्रा काममा सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ उनले भने ।’ राजधानीको र भारत सँग सीमा जोडिएको जिल्ला भएकाले कैलालीमा गर्नुपर्ने धेरै काम रहेको राणाले बताए ।
‘१ सय किलोमिटर बढी भारत सँगको सीमाना छ, यहाँ अधिकांश जिल्लाका मानिसहरूको बसोबास भएको जिल्ला छ, सबै कारणबाट कैलालीमा धेरै काम गर्नुपर्ने मैले देखेको छु’ उनले भने ‘सीमा क्षत्रेमा हुने तस्करी नियन्त्रण देखि लागु औषध नियन्त्रण सम्म प्रहरीको महत्त्वपूर्ण काम छन्, यसका साथै नागरिकको जिउ धनको रक्षा, अवैध क्रियाकलाप रोक्नुपर्ने दायित्व छ, यी दायित्व बोध हामीले गर्नेछौँ ।’ नागरिकले राम्रो कामको अननुभुती गर्ने गरी काम गर्ने राणाले बताए । आफु कैलाली आएको एक साता मात्रै पुगेकाले थप बिषय बुझेर त्यसको समाधान गर्ने उनको भनाई थियो ।