Skip to main content

कैलाश चौधरीलाई उद्योगमन्त्री बनाउन नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन

Submitted by editor on
कैलाश चौधरी यसअघि प्रदेशको भौतिक पुर्वाधार मन्त्री बनिसकेका प्रदेश सभा सदस्य हुन । सत्ता समिकरण परिवर्तन भएसँगै उनी थोरै समय मात्र भौतिक पुर्वाधार मन्त्री भएका थिए ।
शिवराज भट्ट
कैलाश चौधरी

धनगढी : नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले मन्त्री सिफारिसको टुंगो लगाउन नसकेपछि अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनाउन निर्देशन दिएकी छन् ।

मंगलबार नाउपाको संसदीय दललाई लिखित निर्देशन सहित अध्यक्ष रञ्जीताले कैलाश चौधरीलाई मन्त्री बनाउन निर्देशन दिएकी हुन । आर्थिक लेनदेनको समाचार आएपछि नाउपाको तर्फबाट उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले २०८१ सालको चैत १६ गते पदबाट राजीनामा दिएका थिए ।

चैत १६ पनि सुदूरपश्चिमको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय रिक्त थियो । बजेटबा बेला मन्त्रीपद खाली रहेपछि नाउपाको प्रदेश संसदस्य दलको बैठक बसेको थियो । बैठकले प्रदेशको मन्त्रीको टुंगो लगाउन पार्टी केन्द्रसँग अधिकार प्रत्यायोजन माग गरेको थियो ।

तर अध्यक्ष श्रेष्ठले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै कैलाशलाई मन्त्री बनाउन निर्देशन दिएकी हुन । ‘प्रदेशको संसदीय दललाई कैलाश चौधरीलाई मन्त्री बनाउन भनेर पत्र नै पठाएको छु’ अध्यक्ष श्रेष्ठले भनिन । ‘सायद आज संसदीय दलले त्यो निर्णय गरेर पठाउला ।’

कैलाश चौधरी यसअघि प्रदेशको भौतिक पुर्वाधार मन्त्री बनिसकेका प्रदेश सभा सदस्य हुन । सत्ता समिकरण परिवर्तन भएसँगै उनी थोरै समय मात्र भौतिक पुर्वाधार मन्त्री भएका थिए ।