Skip to main content

एमालेबाट खरेल, घिमिरे र जोशी राष्ट्रिय सभा उमेदवार

Submitted by editor on
ईबिगुल संवाददाता
नेकपा एमाले

धनगढी  : राष्ट्रिय सभाको निर्वाचनमा एक्लै चुनाव लडने निर्णय गरेको नेकपा एमालेले सुदूरपश्चिमबाट तीनै जना उमेदवारको टुंगो लगाएको छ । 


माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि एमालेले अन्यमा कञ्चनपुरका ईश्वरी प्रसाद खरेल, महिलामा कैलालीकी सावित्री घिमिरे र  अपांगमा कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको हो ।


खरेल केन्द्रीय लेखा आयोग सदस्य हुन् भने  घिमिरे अखिल नेपाल महिला संघ की पूर्व कैलाली जिल्ला अध्यक्ष हुन । जोशी पार्टीको भातृ संगठन अपांग संघका केन्द्रीय सदस्य हुन ।


सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य रहेका नेकपा माओवादी केन्द्रका हरिराम चौधरी (उत्सव) र महेश महरा तथा नेकपा नेकपा एमालेका ईन्दु कडरियाको पदावधि सकिन लागेको हो । रिक्त हुने यी तीन पदमा तीन जनालाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमालेका प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले जानकारी दिए ।