Skip to main content

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनमा माओवादीबाट चन्द चुनाव लडने

Submitted by editor on
रेणु चन्द

धनगढी : राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिमबाट माओवादी केन्द्रकी रेणु चन्द चुनाव लडने भएकी छिन । गठबन्धनले सुदूरपश्चिममा काँग्रेसलाई अपांग र अन्यमा २ सीट र नेकपा माओवादीलाई महिलाको १ सीट दिने निर्णय गरेको थियो । 


नेकपा माओवादीले महिलामा बैतडीकी रेणु चन्दलाई उमेदवार बनाउने निर्याय गरेको छ भने काँग्रेसबाट अपांगमा नारायणदत्त भट्टको नाम बाहिर आएपनि पार्टीले पुस्टी भने गरेको छैन ।


चन्द पुर्व संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य हुन । पुस २३ गते मनोनयनको समय तालिका छ । त्यसका लागि आजै उमेदवारको टुैगो भने लागिसक्ने छ । काँग्रेसमा ६ जना उमेदवारहरुको नाम सिफारिस भएकाले टुंगो लागि नसकेको काँग्रेसका प्रदेश महामन्त्री मेखराज खडकाले बताए ।


एमालेले यसअघि नै उमेदवारको टुंगो लगाई सकेको छ । एमालेले अन्यमा कञ्चनपुरका ईश्वरी प्रसाद खरेल, महिलामा कैलालीकी सावित्रा घिमिरे र  अपांगमा कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको हो ।