धनगढी : कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा दुर्घटना हुँदा एक वृद्ध घाइते भएका छन।
महेन्द्र राजमार्गको लालपुरमा शनिवार भएको दुर्घटनामा ७६ वर्षीय जगननाथ ओझा घाइते भएका हुन्। ललित धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००४ प २८८८ नम्बरको मोटरसाइकलले साइकलमा सवार ओझालाई ठक्कर दिएको हो। ओझाको अत्तरियाको पद्मा अस्पतालमा उपचार हुँदैछ। मोटरसाइकल इलाका प्रहरी कार्यालय, मालाखेतीको नियन्त्रणमा रहेको छ।