Skip to main content

औद्योगिक प्रशिक्षार्थी तालिमका उत्कृष्ठ प्रशिक्षार्थीहरुलाई सम्मान (तस्बिर सहित)

Submitted by editor on
सिभिल ईन्जिनियरिङ (भवन निर्माण), इलेक्ट्रिक ईन्जिनियरिङ, अटोमोबाईल ईन्जिनियरिङ, होटल ब्यवस्थापन र सूचना प्रविधि गरी पाँच विधामा अहिले २ सय जना विद्यार्थी अध्ययन गरिरहेका छन ।
ईबिगुल संवाददाता
सम्मानित

धनगढी  ः एसईई पछि प्राविधिक धारमा प्रिडिप्लोमा गरिरहेको विद्यार्थी, उनीहरुले पढने शैक्षिक संस्था र उनीहरुलाई काम सिकाउने संस्थाहहरुलाई सामाजिक विकास मन्त्रालयले सम्मानित गरेको छ । 

धनगढीको द गार्डेन रिसोर्ट एण्ड होमस्टेमा आयोजित कार्यक्रममा ५ जना विद्यार्थी, एक जना विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र एकजना होटल ब्यवसायीलाई नगद सहित सम्मानित गरिएको हो । 

सम्मानित हुने विद्यार्थीहरुम टीकापुर प्राविधिक शिक्षालयका सिभिल ईन्जिनियरिङ (भवन निर्माण) तर्फका आकाश श्रीसमगर, भृकुटी मावि महेन्द्रनगरका इलेक्ट्रिक ईन्जिनियरिङ तर्फ घनश्याम जोशी, शुक्लाफाटा बहुप्राविधिक शिक्षालयका अटोमोबाईल ईन्जिनियरिङ तर्फका सुनील सार्की, होटल ब्यवस्थापन तर्फ धनगढी पोलिटेक्निक ईन्स्टिच्ुटका अनीसा साउद नगद सहित सम्मानित भएका हुन ।

उनीहरुलाई सामाजिक विकास मन्त्री मेघराज खडका, राज्यमन्त्री सरस्वती खडका, सचिव डाक्टर हेमराज रेग्मीले फुलमाला अविर सहित कदरपत्र दिएर सम्मानित गरेका थिए । यस्तै प्रिडिप्लोमा कोर्ष अध्यापन गराउने कञ्चनपुरको महेन्द्र नमूना माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र राज विष्ट र धनगढीको रुवस होटललाई पनि सम्मानित गरिएको छ ।
महेन्द्र नमूना माविलाई सिभिल इन्जिनियरिङ प्रि डिप्लोमा कोर्षको राम्रो अध्यापन गराएको भन्दै सम्मानित गरिएको हो भने द रुवस होटललाई पढदै कमाउदै कार्यक्रम अन्तर्गत ८ जना विद्यार्थीलाई प्रशिक्षण दिएको भन्दै सम्मानित गरिएको हो ।

स्वीस सरकारको सहयोगमा सामाजिक विकास मन्त्रालय अन्तर्गत कैलाली र कञ्चनपुरका ९ वटा शैक्षिक संस्थामा २ सय जना विद्यार्थीहरु विभिन्न पाँच विधामा प्रिडिप्लोमा कोर्ष अध्ययन गरिरहेका छन । कञ्चनपुरको बैजनाथ मावि, महेन्द्र मावि, भृकुटी मावि र शुक्लाफाटा बहुप्राविधिक शिक्षालय, कैलालीको शारदा मावि बैयाबेहडी, सरस्वती मावि, पञ्चोदय मावि, धनगढी पोलिटेक्निक र टीकापुरको टीकापुर बहुप्राविधिक शिक्षालयमा प्रिडिप्लोमा प्राविधिक तहको अध्यापन हुदै आएको छ । 
एसइइ पास गरेका विद्यार्थी लक्षित यस कार्यक्रमलाई प्रमाणपत्र तहको मान्यता नदिएका कारण पढाउदै कमाउदै गर्ने यस प्रशिक्षणका विद्यार्थीहरुको आकषर््ाण भने हुन सकेको छैन । 

सिभिल ईन्जिनियरिङ (भवन निर्माण), इलेक्ट्रिक ईन्जिनियरिङ, अटोमोबाईल ईन्जिनियरिङ, होटल ब्यवस्थापन र सूचना प्रविधि गरी पाँच विधामा अहिले २ सय जना विद्यार्थी अध्ययन गरिरहेका छन । 

प्रि डिप्लोमा कोर्ष २४ महिनाको हुन्छ । यसमा साढे ३ महिना मात्रै सैद्धान्तिक कक्षा हुन्छन भने परिक्षा लगायतको समय बाहेक साढे १९ महिना विभिन्न संस्थाहरुमा काम गर्ने गरिन्छ । प्रत्येक विद्यार्थीलाई दिनको सय रुपया खाजा खर्च भनेर सामाजिक विकास मन्त्रालयले दिदै आएको छ भने काम गर्ने संस्थाहरुले पनि महिनाको साढे ५ हजार रकम खाना खर्च दिन थालेका छन । त्यसैले पनि यस कार्यक्रमलाई पढदै कमाउदै कार्यक्रम पनि भन्ने गरिएको छ । 

कतिपयले प्रिडिप्लोमा कार्षकै क्रममा रोजगारी पनि पाईरहेका छन । साढे ३ महिना मात्रै सैद्धान्तिक पढाई हुने र साढे १९ महिना प्रेक्टिकल हुने भएपछि सिटिईभीटीले यसको अन्तिम परिक्षामा भने बढीजसो प्रश्नहरु सैद्धान्तीक सोध्ने भएकाले पनि यसमा अनुत्तिर्ण हुने र कक्षा छोडनेहरुको संख्या बढिरहेको सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख लोकेन्द्र प्रसाद भटटले बताए ।