Skip to main content

राममन्दिरको प्राण प्रतिष्ठामा धनगढीका मेयर हमाललाई अयोध्या आउन निम्तो

Submitted by editor on
ईबिगुल संवाददाता
गोपाल हमाल

धनगढी : माघ ८ गते अथवा जनवरी २२ तारेखमा हुने राममन्दिरको प्राण प्रतिष्ठामा धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमाललाई पनि बोलाइएएको हो । झण्डै ५ सय वर्षपछि भारतको अयोध्यामा भब्य राममन्दिर निर्माण भएको छ । 


पौष, शुक्ल द्वादशी बिक्रम सम्बत २०८०  माघ ८ गते सोमबार  (२२जनवरी २०२४) को दिन, दिउसो १२ः २० बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको प्राण्रतिष्ठा गर्नेछन । भारतीय प्रधानमन्त्री मोदीले त्यस दिन अयोध्यामा ठुलो भीड हुनसक्ने भएकाले निमन्त्रणा नआएको कुनै पनि भारतीयलाई अयोध्या नआउन पटक पटक आह्वान गरिरहेका छन । 


रामललाको गर्भगृहमा हुने प्राण प्रतिष्ठा समारोहमा  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक मोहन भागवत, उत्तर प्रदेश सरकारका राज्यपाल आन्नदी  बेन पटेल, उत्तर प्रदेश सरकारका मुख्यमन्त्री आदित्यनाथ योगी, श्रीराम जन्मभूमी तीर्थ क्षेत्रका अध्यक्ष महन्त नृत्यगोपाल दास, सन्त समाज, समाजिक आध्यात्मिक व्यक्तित्वहरूको उपस्थिति रहने जनाईएको छ ।