Skip to main content

कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
 लागुऔषध

धनगढी : कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–४ बजार क्षेत्रबाट सोही ठाउँका २८ वर्षीय अनूप सिंह पक्राउ परेका हुन्। प्रहरीले उनको साथबाट विभिन्न प्रकारका लागुऔषधहरु बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।