धनगढी : कैलाली र कञ्चनपुरबाट सात लाख बढीका भन्सार छलीको सामान बरामद गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ शिशा पोष्ट र बर्दगोरिया गाउँपालिका–६ बासकोटी क्षेत्रबाट भन्सार छलीका सामान बरामद गरिएको हो। भारतबाट भन्सार छली ल्याएका ८५ हजार नौ सय ५५ रुपैयाँका सामान कैलाली प्रहरी र मातहतको टोलीले शुक्रवार बरामद गरेको हो।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ करन चौराहा र मिलन चौराहबाट ६ लाख ९४ हजार ६ सय ३२ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर र मातहतको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याएको सामान बरामद गरेको हो।