Skip to main content

कैलालीमा पालिका अध्यक्षलाई कालोमोसो लगाएको आरोपमा नेकपा बहुमतका एक नेता पक्राउ

Submitted by editor on
पालिकाका अध्यक्ष

 धनगढी : कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो लगाएको आरोपमा नेकपा बहुमतका एक नेतालाई पक्राउ गरिएको छ।

धनगढी घर भएका बहुमतका नेता ३४ वर्षीय रमेश साउँदलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले साउदलाई शुक्रवार बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको बताएको छ। उनलाई अभद्र व्यवहार शीर्षकमा जोशीपुर गाउँपालिका अध्यक्ष चौधरीले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको हो।

साउदसहितका अन्य १० जनाका नाममा चौधरीले किटानी जाहेरी दिएका थिए। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरूले भ्रष्टाचारमा संलग्न रहेको भन्दै हालै जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो दलेको भिडियो सार्वजनिक गरेका थिए।