Skip to main content

सुदूरपश्चिमबाट पठाईएका नमुनामा भेटिएन जेएन–१ तर नेपालमा पहिलो पटक ७ जनामा पुष्टि

Submitted by editor on
शिवराज भट्ट
सुदूरपश्चिमबाट पठाईएका ९ जनाको नमुना

धनगढी : भारतमा तिब्र रुपमा फैलिरहेको कोभिड–१९, ओमिक्रोन भेरियन्टको परिवर्तित स्वरुप जेएन १ नेपालमा पनि पुष्टि भएको छ । तर सुदूरपश्चिमबाट पठाईएका ९ जनाको नमुनामा भने जेएन १ नभेटिएको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयलले जनाएको छ ।


देशभरीबाट संकलन भएका नमुना मध्ये ७ जनामा कोरोनाको नयाँ भेरियन्ट जेएन १ पुष्टी भएपछि मन्त्रालयले विज्ञप्ती जारी गर्दै सबैलाई सचेत रहन अनुरोध गरेको छ । सुदूरपश्चिम प्रादेशीक प्रयोगशालाले पुसको ६ गते ४ जना र पुसको ११ गते ५ जनाको गरी ९ जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुु काठमाण्डौं पठाएको थियो ।

‘भारतको सीमानाकाहरुमा संकलन गरि पठाईएका स्वाबको नमुनामा जेएन १ पुुष्टी भएन, काठमाण्डौं, पोखरा आसपासबाट आएका नमुनामा मात्रै जेएन १ भेटिएको छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने । ‘पुुष्टी भएकाहरुको ‘ट्र«ाभल हिस्ट्री’ पत्ता लगाउने कार्य भईरहेको छ ।’


उनले सीमा क्षेत्रमा निगरानी र कोरोना परिक्षण भने जारी राखिने बताए । ‘त्यसको मतलब सीमा नाकाहरुबाट आउनै सक्दैन भन्ने चाही होईन, सजग रहनुपर्छ’ डा बुुढाथोकीले भने । भारतमा जेएन १ फैलिन थालेपछि सीमा नाकाहरुमा स्वदेश फर्किरहेका नेपालीहरुमा पुुसको पहिलो हप्ता देखि ऐन्टीजेन परिक्षण सुरु भएको थियो । कैलालीको त्रीनगर नाकामा मात्रै पुसको ३ गते यता ऐन्टीजेन परिक्षण गर्दा १० जनामा एन्टीजेन पोजेटिव देखिएको थियो । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, मुलुकका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूको संकलित १६ वटा नमुनाको पीसीआर र एन्टिजेन पोजेटिभको जाँच गरिएको हो । 


जिनोम सिक्वेन्सिङ प्रविधिबाट गरिएको परीक्षणमा ७ वटा नमुनामा जेएन.१ पुष्टि भएको डा. बुढाथोकीले जानकारी दिए । संकलित नमुनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो ।


प्रवक्ता डा. बुढाथोकीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सबभेरियन्टको जोखिमलाई दृष्टिगत गर्दै सीमा नाकाहरूमा आवश्यक स्क्रिनिङ र निगरानी गर्न अनुरोध गरेका छन् । ‘प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्क र स्वास्थ्य कार्यालयहरूमार्फत स्क्रिनिङ र निगरानी निरन्तर गर्न अनुरोध गरिएको छ’ प्रवक्ता डा. बुढाथोकीले भने । ‘संक्रमितको उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन स्वास्थ्य संस्थाहरूलाई अनुरोध छ।’

जेएन १ तीव्र गतिमा फैलिने तर कम घातक
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जेएन.१ भाइरसलाई तत्कालका लागि कम घातक श्रेणीमा राखेको छ । यो भाइरस भारत, अमेरिका, बेलायतलगायतका मुलुकमा फैलिसकेको छ । 


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले जेनएन.१ कम घातक देखिएको भए पनि तीव्र गतिमा फैलिन सक्ने बताए । तीव्र गतिमा फैलने भएकाले डब्लूएचओले यस भाइरसलाई भेरियन्ट अफ इन्ट्रेस्ट (चासोमा राखिएको भेरियन्ट) मा सूचीकृत गरेको छ । 


डा. पुनले भने ‘छिमेकी भारतमा देखा परेपछि ढिलोचाँडो नेपालमा आइपुग्ने अनुमान गरिएको थियो ।’ डा. पुनले यो भाइरसबारे पूर्ण जानकारी नभएको र थप जानकारीहरू आउने क्रम जारी रहेको बताए ।


चिकित्सकहरूका अनुसार,जेएन.१ संक्रमितमा ज्वरो÷कामेर ज्वरो आउने, थकान महसुस हुने, नाकबाट पातलो सिंगान बग्ने, खोकी लाग्ने, घाँटी तथा टाउको दुख्ने र सास फेर्न अप्ठ्यारो हुनेलगायतका लक्षणहरू देखिन सक्छन ।