Skip to main content

धनगढी र टीकापुरबाट ३ लाख बराबरको भन्सार छलीका सामान बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
भन्सार छली

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी–३ मिलनचोक, बिशालनगर नजिक, धनगढी–९ त्रिबेणीघाट र टीकापुर–८ खक्रौला मल्लावाडा स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ४३० बराबरको  भन्सार छलीका सामान बरामद गरिएको हो।

भन्सार छलीको सुटपिस, कुर्ती, गाडीका पार्टपुर्जा, सुर्ती, प्लाष्टिक झिल्ली, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।