Skip to main content

कैलालीको गौरीगंगामा एक सुत्केरी महिला मृत फेला, नवजात शिशु शकुशल

Submitted by editor on
ईबिगुल संवाददाता
सुत्केरी महिला मृत फेला

धनगढीः कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीय तुलसी नाथ घर नजिकै फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० राजकुमार सिंहले नाथ मृत भेटिएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनकाअनुसार अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थल पुगेको छ।

घटनास्थल पुगेका इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी अवस्थाकी भएको खुुलेको बताए। उनी घरको मूल गेट अगाडिको नालामा मृत भेटिएकोले अहिले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाइएको जनाइएको छ। उनकाअनुसार मृतक नाथको १६ दिनको नवजात शिशु(छोरा) भने समान्य अवस्थामै भेटिएका छन। मृत्युु कसरी भएको हो भन्ने बारे अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।