Skip to main content

लागूऔषधसहित कैलालीमा ३ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरी स्थित पिपल चौतारामा लागूऔषध सेवन गरी रहेको अवस्थामा घोडाघोडी नगरपालिका–१ बस्ने २५वर्षीय प्रदिप चौधरी, घोडाघोडी नगरपालिका–९ रतिपुर बस्ने १८ वर्षीय किशोर र भारत आसाम प्रदेश दामाजी जिल्ला जुनैला नहर्जुन बस्ने २२ वर्षीय राजेश मिलि पक्राउ परेका हुन्। तीनै जनालाई २८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित उनीहरुलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।