Skip to main content

नगरौँ लागुऔषधको दुव्र्यसन, नफालौँ अमूल्य जीवन’भन्ने मूल नाराका साथ कञ्चनपुरमा लागुऔषध दुरुपयोगविरुद्ध साताव्यापी कार्यक्रम

Submitted by editor on
ईबिगुल संवाददाता
साताव्यापी कार्यक्रम

कञ्चनपुरः लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरपारी कञ्चनपुरमा साताव्यापी कार्यक्रम अगाडि बढाइएको छ।

‘नगरौँ लागुऔषधको दुव्र्यसन, नफालौँ अमूल्य जीवन’भन्ने मूल नाराका साथ सदरमुकाम महेन्द्रनगरदेखि साताव्यापी कार्यक्रम अगाडि बढाइएको हो। कार्यक्रमको पहिलोदिन शुक्रबार महेन्द्रनगरस्थित बसपार्कमा गैरसरकारी संस्था महासङ्घ कञ्चनपुरले बस व्यवसायी, यात्रु, चालक, सहचालक, कर्मचारीहरूलाई सचेतीकरण कार्यक्रमको आयोजना गरेको थियो।

दोस्रो दिन शनिबार स्वीट नेपाल तथा बोर्डर क्षेत्रमा रहेका संस्थाहरुले सीमा क्षेत्रमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेका छन। जिल्लामा विभिन्न सङ्घसंस्थाहरूले असार १२ गतेसम्म अभिभावक विद्यार्थीहरूमा सचेतना, पुर्नस्थापना केन्द्रमा अनुगमन, विश्व विद्यालयका क्यान्टिनहरूमा अनुगमन, लागुऔषधको अवस्था र यसको समुल अन्त्यका बारेमा जानकारी गर्ने कार्यक्रमहरू अगाडि बढाइएको जिल्ला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए।

कार्यक्रमको सहजीकरण प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले गर्नुभएको छ। प्रमुख जिल्ला अधिकारी ढकालले युवा कुलतमा फस्नु दुभाग्यपूर्ण भएकाले युवाहरूलाई उत्पादन मुलक क्षेत्रमा आफ्नो समय खर्चिनुपर्नेमा जोड दिए। उनले लागु पदार्थको सञ्चिति, ओसारपसार, सेवन, बेचबिखन लगायतका गतिविधिलाई निर्मुल पार्न अभियान परिणामुखी हुनुपर्ने बताए।

लागुऔषधलाई जरैदेखि समाप्त पार्नका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम अगाडि बढाइएको एनएनएसडब्लुएका प्रभुनिधि पन्तले बताए।