Skip to main content

टप एण्ड टी-२० सिरिजमा नेपालको दोस्रो जित

Submitted by editor on
रेनेगेड्सलाई ३३ रनले नेपालले पराजित गरेको हो
ईबिगुल संवाददाता
नेपालको टिम ।

काठमाडौं : टप एण्ड टी-२० सिरिजको पाँचौं खेलमा नेपालले मेलर्वन रेनेगेड्सलाई ३३ रनले पराजित गरेको छ। अष्ट्रेलियाको पार्मर्स्टनस्थित काजालिस ऐरिनामा भएको खेलमा नेपालले दिएको १४० रनको विजयी लक्ष्य पछ्याएको रेनेगेड्सले निर्धारित २० ओभरमा १०६ रन बनाउँदै अलआउट भयो।
रेनेगेड्सको लागि अर्जुन नैरले सर्वाधिक २२ बलमा २६ रन बनाए । ह्यारी डिक्सनले १५ बलमा १६ रन बनाए। ओलिभर पिकले १४ लेमिरले १८ रन बनाएर रन आउट भए। अनय कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिए। साहब आलम र रुपेश सिंहले १–१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाए। उनले २२ बलमा २९ रन जोडेका थिए। ओपनर कुशल भुर्तेल १ रनमा बोल्ड हुँदा अर्का ओपनर भिम सार्कीले १७ रन बनाए। आरिफ शेखले १२, कप्तान दिपेन्द्र सिंह ऐरीले २७  र लोकेश बमले २४ रन बनाए। रुपेश सिंह १६ र साहब आलम शुन्यमा अविजित रहे।

मेलर्वन रेनेगेड्सको लागि फर्गुस ओ निल, कालुम स्टो, लच्लान ब्याङ्स र मिचेल आर्चरले समान २–२ विकेट लिए। नेपालले अघिल्लो ३ खेलमा हार बेहोर्दै चौथो खेलमा हर्बट हुरिकेन्सलाई ६६ रनले हराएको थियो।