अत्तरिया : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहले अपराध नियन्त्रणमा कसैको अनुहार हेरेर गर्नु नहुने धारणा व्यक्त गरेका छन ।
बुधबार जिल्ला समन्वय समितिले धनगढीमा आयोजना गरेको आर्थिक बर्ष २०८१\०८२ को वार्षिक प्रगति समीक्षा एवं स्थानीय तहको असल अभ्यास सम्बन्धि अनुभव आदन–प्रदान कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख उपस्थित कार्यक्रममा उनले अपराध नियन्त्रण गर्ने क्रममा कसैको अनुहार नहेर्न समेत आग्रह गरे ।
“कुनै किसिमको अपराध सह्यय हुने छैन, कुनै किसिमको गुण्डागिरी सह्यय हुनेछैन ।” मुख्यमन्त्री शाहले भने, “अपराध र लागूऔषध नियन्त्रणमा हामी सबै जनप्रतिनिधिहरुले सहयोग गर्नुपर्छ, हामीले त्यो वातावरण निर्माण गरेका छौ, अझै प्रभावकारी वनाउन जरुरी छ ।” उनले लागूऔषध नियन्त्रणका लागि ड्रग डिलरको पहिचान गर्न जनस्तरबाटै महत्पूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
धेरै किसिमका सफल अभ्यास र सुधारका प्रयास र प्रयत्नहरु गर्दा गर्दै साना तिना अवरोधहरु आउने स्थिती भएपनि जनतालाई डेलिभरी दिनेकुरामा ढुलासुस्ति गर्नु नहुनेमा मुख्यमन्त्री शाहको जोड थियो ।
“संविधान अनुसार निर्माण गरिएका ऐन नियम सबैले मान्नुपर्दछ ।” मुख्यमन्त्री शाहले भने, हामी कसैको अधिकार खोस्न वा कसैलाई खुसी र कसैलाई दुःखी बनाउन खोजेको नभई प्रदेश निजामति ऐन र स्थानीय सेवा सञ्चालन सम्बन्धि ऐनलाई कार्यान्वयन र व्यवस्थित गर्नन खोजेको हो ।” प्रदेश सरकारले प्रदेश निजामति ऐन र स्थानीय सेवा सञ्चालन सम्बन्धि जारी गरेकै कारण कर्मचारीहरुको वृत्ति विकास भएको बताउँदै मुख्यमन्त्री शाहले ऐन निर्माणका क्रममा आएका समस्याहरु कर्मचारी नेतृत्वसँगको संम्बादबाट समाधान गरेको बताए ।
उनले ऐनमा केही समस्या भए प्रदेश सरकार संशोधनका तयार रहेको बताए । एक अर्को प्रशंगमा मुख्यमन्त्री शाहले पालिकामा वित्तिय हस्तान्तरण तर्फको बजेट आफु आएपछि क्रमश बढाउदै लगेको बताए । उनले पहिलो पटक आफु मुख्यमन्त्री हुँदा दुई प्रतिशत रहेको वित्तिय हस्तान्तरण बढाएर पहिलो वर्षमा आठ प्रतिशत र दोस्रो कार्यकालमा बाह्य प्रतिशत पुर्याएको दावी गरे ।