Skip to main content

लागूऔषधसहित कैलालीमा ४ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

भजनी नगरपालिका–५ लालबोझी स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से ३ प ९२६३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक भजनी नगरपालिका–४ बस्ने २५ वर्षीय मनोज चौधरी र मोटरसाइकल पछाडी सवार  २१ वर्षका बिक्रम चौधरीको साथबाट ३ ग्राम ९६० मिलिग्राम र ग ६ प ८३७९ नम्वरको मोटरसाइकललाइ चेकजाँच गर्दा चालक घोडाघोडी नगरपालिका–१२ बस्ने २१ वर्षीय बिशाल चौधरी र मोटरसाइकल पछाडी सवार २८ वर्षीय हनुमान चौधरीको साथबाट १ ग्राम ७१० मिलिग्राम गरी जम्मा ५ ग्राम ६७० मिलिग्राम लागूऔषधसहित चारै जनालाई प्रहरीले पक्राउ गरेको छ।

दुवै मोटरसाईकलसहित चारै जनालाई इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ।