Skip to main content

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
दुर्घटना

धनगढीः कञ्चनपुरमा सडक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

वेदकोट नगरपालिका–१० त्रिपुरा मन्दिर नजिक मोटरसाइकल दुर्घटना भएको हो। पश्चिमबाट पूर्व तर्फ आउदै गरेका शुक्लाफाँटा नगरपालिका–१० का ३८ वर्षीय ललितराज जोशीको मृत्यु भएको प्रहरीले बताएको छ।

नेपाल प्रहरीले शुक्रवार राति उनले चलाएको लुम्बिनी प्रदेश ०३–००१ प २८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। जोशीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।