Skip to main content

दार्चुलामा अनुदान हत्याउन जीवित व्यक्तिलाई मृत घोषणा गर्ने दुइजना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

दार्चुला: दार्चुलामा कृषि अनुदान रकम हत्याउन सचिव र कोषाध्यक्षको मृत्यु भएको झुठो पत्र पठाएको आरोपमा शैल्यशिखर नगरपालिकाका दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन । धामी मेयर विजयसिंह धामीका छोरा हुन् ।

उनीहरूले दुई लाख २० हजार रुपैयाँ अनुदानका लागि मृतक सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै ग्लोबल आईएमई बैंकलाई फर्जी पत्र पठाएको प्रहरीले जनाएको छ ।