Skip to main content

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

Submitted by editor on
ईबिगुल संवाददाता
कमल बहादुर शाह

धनगढी  :  सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन । नागरिक उन्मुक्ति पार्टीले असार १९गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विहीबार दोस्रो पटक विश्वासको मत लिएका हुन ।

उनले नेपाली काँग्रेसका १८, नेकपा एमालेका ११ र नाउपाको १ गरी ३० मत पाए । नाउपाका ६ जना प्रदेश सभा सदस्य भने अनुपस्थित थिए । एक्जना कैलाश चौधरी उपस्थित भएकोमा उनले मुख्यमन्त्री शाहको पक्षमा मतादान गरे । 

५३ सदस्यीय प्रदेश सभामा बहुमत्का लागि २७ प्रदेश सभा सदस्यको बहुमत आवश्यक पर्छ । नेकपा माओवादी केन्द्र, नेकपा एककृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले भने विपक्षमा मतदान गरे ।

सुदूरपश्चिम प्रदेश सभामा अहिले ५२ जना प्रदेश सभा सदस्य छन । समाजवादीका दीर्घ बहादुर सोडारीलाई भ्रष्टाचारको मुद्धा लागेपछि उनको पद निलम्बनमा छ । प्रदेश सभामा नेपाली काग्रेसका १८, एमालेका उपसभामुख सहित ११, नेकपा माओवादी केन्द्रका सभामुख सहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन ।