Skip to main content

काठमाण्ठौं जादै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्य

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
दुर्घटना

दाङ : नेपालगञ्जबाट काठमाण्डौंका लागि छुटेको बस दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको ज्यान गएको छ । प्रहरीले दिएको जानकारी अनुसार गए राती साढे १० बजेतिर नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे. १ ख.३९१२ नम्बरको नमस्ते यातायात प्रालिको यात्रुबाहक बस भालुबाङको राप्ती पुलबाट नदीमा खसेको थियो । 

दुर्घटनामा १२ जनाको मृत्युभएको प्रहरीले जनाएको छ । मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्ज्वल सिंहले जानकारी दिए । 

मृत्यु हुनेमा बाँकेका ६० वर्षीय कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत रहेका छ । 

यस्तै बाँकेका ३० वर्षीय रामबरण हरिजन, रूकुमका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय जोगेन्द्र रामको सनाखत भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सिंहले बताए । अन्य ४ जना मृतकको सनाखत हुन बाँकी छ । घाइतेमध्ये केहीलाई बुटवल र नेपालगञ्ज तथा केहीलाई भालुवाङ अस्पतालमा उपचार जारी राखिएको छ ।