Skip to main content

माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा हुने

Submitted by editor on
ईबिगुल संवाददाता
माओवादी

काठमण्डौं : नेकपा माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । 

पार्टी प्रवक्ता अग्नि सापकोटाले त्यसका लागि प्रतिनिधि चयन गरिने बताए । उनले प्रतिनिधि चयन गर्ने विषयमा थप छलफल हुने बताए । उनले स्थायी समितिको अर्को बैठक माघ २६ गते बस्ने बताए। 

यस्तै राष्ट्रिय सभाको निर्वाचनको लागि समन्वय समिति बनाइएको र सोही समितिले गठबन्धनका उम्मेदवारलाई जिताउने गरी तयारी गर्ने बताए ।