Skip to main content

त्रीसुलीमा खसेको गाडी भारतीय बोलेरो रहेको प्रहरीको भनाई

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
त्रिशुली नदी


चितवन : नारायणघाट– मुग्लिन सडकखण्डमा पर्ने तीन नम्बर पुलबाट भारतीय बोलेरो त्रिशुली नदीमा खसेको पाइएको छ । इच्छाकामना गाउँपालिका– ५ स्थित राजमार्गबाट नदी भित्रबाट गाडीको बत्ति बलेको स्थानीयले आज बिहान देखेको भन्दै खबर गरेका थिए । 

जानकारी पाएलगत्तै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले भारतबाट आएको बोलेरो गाडी फेला परेको जानकारी दिए । कार्कीले बीआर ०९ जीसी १४३० नम्बरको सिंगल क्याब भएको बोलेरो गाडी भेटिएको बताए । उनले गाडीको क्याबिन खाली रहेको र मान्छे नभेटिएको बताए ।
नारायणघाट–मुग्लिनस्थित पुल निर्माणका लागि भीर कटान गरिरहेको स्थानबाट गाडी खसेको हो ।

बिहानैदेखि नेपाली सेना, वडा प्रहरी कार्यालय नारायणगढमा रहेको विपद् व्यवस्थापनको डुङगासहितको टोली र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गोताखोरको टोली उद्धार र खोजीमा खटिएको छ । घटनाको थप विवरण आउन बाँकी छ।