धनगढी : जेनजी आन्दोलनका प्रदर्शनकारीहरुले सुदूरपश्चिमको बाजुरा बाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दीलाई निकालेर भगाएका छन् । मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुुरक्षास्थिती नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरुले कारागारमै पुगेर कैदीबन्दीहरुलाई निकालेर भगाएका थिए ।
बाजुुरा बाहेकका सबै कारागारबाट कैदीबन्दी भागेको सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बर विश्वकर्माले कैलाली कारागारका कम्तीमा पनि सात सयजनासहित ८ वटा कारागारबाट करीब एक हजार चार सय कैदीबन्दी भागेको बताए ।
कञ्चनपुर कारागारमा रहेका ४७६ कैदीबन्दी मध्ये २२ जना बाहेक सबैलाई प्रदर्शनकारीले निकालेर आफैूसँगै लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक९डीएसपी० सागर बोहराले १३ पुरुष र ९ जना महिला कैदीबन्दीले आफूहरु कानुनको उल्लङ्घन गरेर नभाग्ने भन्दै बाहिर ननिस्किएको बताए ।
उनीहरु अहिले पनि कारागारमै बसिरहेका छन् । जिल्ला कारागार बझाङमा रहेका ८५ जना कैदीबन्दी मध्ये ६६ जना भागेका छन् भने अन्य कैदीबन्दी कारागारमै बसिरहेका छन् । भागेका मध्ये मंगलबार तीन र बुधबार दुई गरेर पाँच जना कैदीबन्दीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । यी बाहेकका प्राय जिल्ला कारागारका कैदीबन्दी भागेपछि कारागार नै खाली भएका छन् ।