Skip to main content

टेलिकमको तामाजन्य कवाड प्रकरणको अख्तियारद्वारा छानविन सुरु

Submitted by editor on
शिवराज भट्ट
तामाजन्य कवाड

धनगढी : नेपाल टेलिकमको तामाजन्य कवाडको विक्रि प्रकरणमा अख्तियारले पनि अनुसन्धान गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले तामाजन्य कवाड प्रकरणमा अख्तियारको पनि ध्यानाकर्षण भएको र अनुसन्धान गर्ने जनाएको छ ।

अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख रमेश कुमार केसीले त्यस घटनाप्रति अख्तियारले पनि चासो लिएको बताए । ‘हामीले पत्र पत्रिकामा आएको समाचारलाई पनि उजुरीकै आधारमा लिन्छौं । त्यसैले पत्रपत्रिका र अनलाईनहरुमा आएको समाचार प्रति हाम्रो ध्यानाकर्षण हुनु स्वभाविकै हो । हामी पनि अनुसन्धानमा लागि सकेका छौं’ प्रमुख केसीले भने ।

उनले केही कागजात नियन्त्रणमा लिईएको, केही स्थानमा स्थलगत पनि पठाइएको बताए । ‘हामीहरुले अनुसन्धान सुरु गरिसकेका छौं । त्यो भनेको कागजात नियन्त्रणमा लिनु हो, फिल्डमा पनि पठाउनु हो’ उनले भने । ‘जिल्ला प्रशासन कार्यालय कैलालीले पनि हेरि रहेको छ । त्यसको निस्कर्ष पनि पर्खेका छौं ।’

नेपाल टेलीकमको तामाजन्य विक्रिमा दुई ट्रकमा मात्रै १२ हजार किलोको घोटाला भएको देखिएको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीले गठन गरेको छानविन समितिले गरेको दुई वटा ट्रकको तौलमा बिलमा उल्लेख भएको भन्दा ११ हजार ९५२ किलो बढी तामाजन्य कवाड बढी फेला परेको थियो ।

जिल्ला प्रशाशन कार्यालय कैलालीले प्रशासकीय अधिकृत शिवराज जोशीको नेतृत्वमा गठन गरेको छानविन समितिले पक्राउ परेका दुई वटा रा १ ख ३२०६ र ना ६ ख ४६० नम्बरको ट्रकको गत विहीबार र शुक्रबार ईलाका प्रहरी कार्यालय मालाखेतीमा तौल गरेको हो  थियो । 

त्यो दिनको विलिङमा १५ हजार ७७९ किलो तौल देखाईएकोमा छानविन समितिले पुनः तौल गर्दा ११ हजार ९५२ किलो बढी तौल देखिएको थियो । नेपाल टेलीकमको कबाडजन्य पदार्थमा अनियमीतता भएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेपछि छानविन समिति गठन भएको थियो ।

छानविन समितिको निर्देशन पछि प्रहरीले दुई वटा ट्रक पक्राउ गरी ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखेको थियो । नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट तामाजन्य (स्क्रप कपर केबल) कवाडी विक्रि गरिएको हो । 

यसकार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनी बीच मिलेमतो भएको आशंका गरिएको छ । निर्देशनालयका अनुसार प्रबल थापाको नाममा रहेको बिएलएस कन्स्ट्रक्सन काठमाडौं नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसँग कपरजन्य् पदार्थको ठेक्का सम्झौता गरेको थियो ।

निर्देशनालयका अनुसार टेलिकमले उपलब्ध गराउने तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामान खरिदकर्ता कम्पनीले टेलिकमसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैयाँ ८९ पैसामा खरिद सम्झौता भएको थियो ।